युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ अधिकारीको हत्याका लागि रुसले गरेको षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिएको बताएको छ।
युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले रुसको संघीय सुरक्षा सेवाद्वारा सञ्चालित एजेन्टहरूको एउटा नेटवर्कलाई पर्दाफास गरेको बताएको छ। उक्त नेटवर्कको उद्देश्य जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी राजनीतिक तथा सैन्य अधिकारीहरूको हत्या गर्नु रहेको बताइएको छ।
‘मस्कोबाट एफएसबीमार्फत गतिविधिहरूको निगरानी गरिएको नेटवर्कमा राज्य सुरक्षा विभागका दुई कर्नल संलग्न थिए, उनीहरूले रुसलाई गोप्य जानकारी चुहाइरहेका थिए’, एसबीयूले भनेको छ ।
युक्रेनी नेतालाई बन्धक बनाएर हत्या गर्न सक्ने जेलेन्स्कीको सुरक्षा विस्तारका निकट व्यक्तिहरूको पहिचान गर्न रुसले काम गरेको विज्ञप्तिमा उल्लेख छ।
जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा सहयोग गरेको आशंकमा एक जनालाई हिरासतमा लिएको पोलिस र युक्रेनी अभियोजकहरूले गत महिना घोषणा गरेका थिए । त्यस्तै किएभबाहिर जेलेन्सीको गतिविधिको विवरण उजागर गरी हत्या गर्ने योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरेको एसबीयूले गत अगष्टमा बताएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।