|

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति जिवी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवी राईको संलग्नता रहेको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए। उनले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानविन अगाडि नबढेको बताए।

उनले राईले बिनाधितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए। उनले हालसम्म प्रहरीले जिवी राई लगायतलाई किन पक्राउ गरिएन? भनेर प्रश्नसमेत गरे।

उनले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.