|

काठमाडौँ : नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्।

सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे।

उनले नेपाली बैंकहरु कुनै पनि समस्यामा नभएको दावी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह पनि गरे। उनले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिले कुनै पनि बैंक डुब्ने अवस्थामा नभएको बताए।

उनले बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन नसकेको गुनासो गरे।

उनले समग्रमा ३.४० प्रतिशतले खराब कर्जा बढेको जानकारी गराए। केसीले अफ्ठेरो अवस्था भए पनि बचतकर्तालाई सुरक्षित गर्ने री बैंकहरुले काम गरिरहेको सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.