|

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले अबदेखि दाबी भुक्तानी पेश गर्दा डायग्नोसिसअनुसारको अनुसन्धान गरिएको र सोही व्यहोरा उल्लेख भएको प्रेस्क्रिप्शन समावेश गरिएको हुनुपर्ने बताएको छ।

बोर्डले सूचना जारी गर्दै भुक्तानीका लागि सबै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले  बिल पेश गर्दा उक्त प्रेस्क्रिप्शन पनि अनिवार्य पठाउन भनेको हो।

सूचनामा भनिएको छ‚ ‘सेवा प्रदानपश्चात् सोही ऐन, नियमावली र बीमा दाबी समीक्षा तथा मूल्यांकन कार्यविधि २०७८ अनुसार नै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले प्रदान गरेको सेवाको भुक्तानी बिमा बोर्डले गर्छ। तथापि कतिपय सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले सेवा प्रदान गर्दा ऐन, नियम, सुविधाको थैली र कार्यविधिमा उल्लेख भएका कुरा पालना नगरेको हुनाले दावी मूल्यांकन तथा भुक्तानीमा कठिनाइ हुने हुँदा आगामी दिनमा तल उल्लिखित कुरा पालना गरी सेवा प्रदान गर्न आदेशानुसार अनुरोध छ।'

यसैगरी अल्ट्रासाउन्डको हकमा तालिम प्राप्त व्यक्ति वा रेडियोलोजिस्टले गरेको हुनुपर्ने भनिएको छ। जुन कर्मचारीको नाम, पद उल्लेख गरेको हुनुपर्ने नियम बनाइएको छ। रिफर गर्दा स्वास्थ्य बिमा नियमावलीमा उल्लेख भएको अनुसूची ९ अनुसारको फारम पूर्ण रूपले भरिएको हुनुपर्ने बोर्डले निर्देशन दिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.