|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको बताएका छन्।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सभापति लामिछानेले व्यवसायीहरुले नेताको संरक्षण लिएसम्म समस्या जस्ताको जस्तै रहने उल्लेख गरे।

सभापति लामिछानेले व्यवसायीहरुका समस्या समाधान गर्नका लागि नेताको संरक्षण भन्दा पनि राज्यको नीति आवश्यक रहेको धारणा राखे। 

उनले हरेक उद्योगी व्यवसायीहरु कुनै न कुनै नेताको संरक्षणमा बस्नुपर्ने बाध्यता रहेको बताए। उनले नेताहरुको संरक्षणका कारण व्यवसायीहरुले खुलेर समस्याका विषयमा कुरा राख्न नसकेको पनि बताए। 

उनले व्यवसायीहरुले हरेक चाडपर्वमा आफ्नो संरक्षणका लागि नेतादेखि सरकारी निकायहरुमा रक्सी उपहार दिने प्रचलन बन्द गर्न आवश्यक रहेको बताए। उनले व्यवसायीहरुले मोही माग्ने ढुङग्रो लुकाउने काम गरिरहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.