|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (बिहीवार) पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले ओरालो लागेर १ हजार ९७२ दशमलव शून्य ९ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबारमापक सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अंकले ओरालो लागेर ३५१ दशमलव ६५ मा सीमित भएको छ। आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो। 

कूल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँ मूल्यमा कारोबार भएको छ। 

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड १३ लाख १० हजार ३४६ रुपैयाँ बराबरको कारोबार भएको छ। 

जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार ४५५ रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स ८ करोड ३ लाख ३५ हजार रुपैयाँ, हाथवे इन्भेस्टमेन्ट ६ करोड ५९ लाख ९१ हजार ६९६ रुपैयाँ र शिवम् सिमेन्ट ५ करोड २१ लाख १२ हजार ८७० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्त ९ दशमलव ८६, मानुषी लघुवित्त ३ दशमलव ९८, समाज लघुवित्त ३ दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतले गुमाएका छन्।

जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८ दशमलव ६२, मैलुङ हाइड्रोपावर ८ दशमलव शून्य १, इन्ग्वा हाइड्रोपावर ७ दशमलव ५८ र एनआईसी एशिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.