काठमाडौं :यसपालिको मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिन सफल भएकी छन्। ताजसँगै उनले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत पाप्त गरेकी छन्।
हिमालयन मुभिजद्वारा शुक्रबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रम नेपाली विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको आठौँ संस्करण हो। जसमा राजेश्वरी योगल अमात्य फस्ट रनर अप र रूपा खबास सेकेन्ड रनरअप हुन सफल भए।
चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा करिब एक दर्जन प्रतियोगीहरुले तीन सातासम्म व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, फोटोसुट, भिडियोसुटलगायत विविध विषयहरूमा तालिम लिएका थिए।
कार्यक्रममा सुब्बाकै कोरियोग्राफीमा प्रतियोगीहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गर्दै परिचयात्मक, सांस्कृतिक पोसाक चरण, प्रश्नोत्तर चरण लगायतका विविध चरणाहरूमा आफूलाई योग्य उतार्ने प्रयास गरेका थिए।
कार्यक्रममा विविध सबटाइटल अर्वाडहरू समेत वितरण गरिएको थियो जसमा मोस्ट करिज्म्याटिक निशु काफ्ले, वेस्ट फोटोजेनिक राजेश्वरी योगल अमात्य, मोस्ट कन्फिडेन्ट रूपा खवास, मोस्ट डाइनामिक रेनु श्रेष्ठ, मोस्ट स्मार्ट सृजना श्रेष्ठ, मोस्ट डिलीजेन्ट सरला भट्टराई कुँवर, वेस्ट पर्सनालिटी लक्ष्मी बोहरा चौहान, मोस्ट डिलाइटफुल उर्वशी श्रेष्ठ, बेस्ट कम्प्लेक्सन भिमादेवी बराल, मोस्ट सिन्सियर सर्मीला परियार, मोस्ट चार्मिङ सिता चन्द, मोस्ट पपुलर सृजना श्रेष्ट र पब्लिक च्याइस भिडीयो अर्वाड लक्ष्मी वोहरा चौहानले प्राप्त गर्न सफल भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।