|

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन्।

अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताए। उनले लगानीको लाभ लिने निर्माण उद्योगमै निराशा छाएको अवस्थामा लगानी सम्मेलन सफल हुन नसक्ने बताए।

अध्यक्ष सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण उद्योगका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने सुझाव दिए। निर्माण व्यवसायीहरूको हारेको मनोबलले लगानी सम्मेलनको महत्त्व सफल नहुने अध्यक्ष सिंहको भनाइ छ। उनले निर्माण उद्योग समस्याग्रस्त र भौतिक पूर्वाधारको काम गर्ने वातावरण नबनेको अवस्थामा सरकारले गर्ने लगानी सम्मेलन सफल हुन नसक्ने दाबी गरे।

अध्यक्ष सिंहले निर्माण क्षेत्र चलायमान नभएको अवस्थामा नेपालमा लगानीकर्ता आकर्षित हुन नसक्ने बताए। उनले नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरू समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था नभएको दाबी गरे। उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई प्रस्तुत गर्ने परियोजना नै नभएको बताए।

अध्यक्ष सिंहले नेपालमा हरेक वर्ष भएका लगानी सम्मेलनको उपलब्धि शून्य रहेको भन्दै लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभूति गर्नसक्ने अवस्था नभएको बताए। उनले २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगको नै मनोबल कमजोर अवस्थामा रहेको तर्क गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.