|

पाल्पा  पाल्पामा बुधबार ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको  लु२ख ५६२५ नम्बरको ट्रक ट्रेलर रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन्।

घाइते हुनेमा दाङको राप्ती गाउँपालिका-३ बस्ने ट्रकका चालकसमेत रहेका  झविन्द्र पाण्डे सोही ठाउँका ट्रकका सहचालक वीरेन्द्र घर्तीमगर घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पामा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

घाइतेमध्ये घर्तीमगरको अवस्था गम्भीर छ। दुवै जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।

के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.