|

काठमाडौं : यूइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटिन अन्तर्गत पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। 

गएराति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोस्जलाईले एक एक गोल गरे। 

स्पार्ता प्रागले भने एक गोल उपहार पायो। छैटौं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। २५ औं मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए। उनले पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० गोलको अग्रता दिलाए। ४६ औं मिनेटमा लिभरपुलका कोनोर ब्राड्लेले आत्मघाति गोल गरेपछि स्पार्ताको खातामा एक गोल जम्मा भयो । ५३ औं मिनेटमा डियान र दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा स्जोबोस्जलाईले गोल गर्दै लिभरपुललाई ५–१ गोलको जित सुनिश्चित गराए। दोस्रो लेग मार्च १५ तारिखमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.