|

काठमाडौं : नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। खेल हङकङमा बिहान सवा ११ बजे शुरु हुनेछ।  

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला हुँदैछ। त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।  

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्नेछ। यस्तै फागुन २९ गते पवुवा न्युगिनीसँग भिड्नेछ। फागुन ३० गते श्रृङ्खलाको फाइनल खेल हुनेछ। 

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.