|

जनकपुरधाम : विश्वप्रसिद्ध महिला पहलवान बबिता फोगाटको विशेष उपस्थितिमा शनिबार रौतहटको मौलापुरमा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।

मधानी महायज्ञको अवसरमा आयोजित उक्त अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रिनाकुमारी साहले गरेकी थिइन् भने नेपाल र भारतका चर्चित एवं लोकप्रिय खेलाडीहरू सहित हजारौँको उत्साहजनक सहभागिता रहेको छ।​

पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र मधानी महायज्ञलाई अन्तरराष्ट्रियकरण गर्ने संकल्पका साथ मौलापुर नगरपालिकाले मधानी महोत्सवअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएका हुन्।

हिन्दी फिल्म ‘दंगल’का वास्तविक खेलाडी बबिताको आगमनले मधानी महायज्ञ र मन्दिरको प्रवर्धनमा ठूलो सहयोग पुग्ने विश्वास सहित मेयर रिनालाई विशेष धन्यवाद दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.