|

धरान : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज (आइतवार) दोस्रो दिन भएको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ।

जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ।

आज धरान रङशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो। 

त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए। एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए।

आजको खेलको ‘प्येयर अफ द म्याच’ घोषित भएका एनआरटीका शिशिर लेखीले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। 

भोलि (सोमवार)को तेस्रो क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.