|

काठमाडौं :  त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालको खराब ब्याटिङ हुँदा उपाधिविहिन बनेको छ। 

१७२ रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर ८५ रन बनायो। नेपाल ८६ रनले पराजित भएको छ।

हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी (पीएनजी) बीचको खेलमा उपाधि भिडन्तमा पीएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको थियो। 

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो।

मंगलबार दिउँसोको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजी पनि फाइनलमा पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.