|
फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताए। उनले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाति भएको दावी गरे।

उनले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभइ अरुको कारणले टुट्नुपर्ने भए पनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको बताए। उनले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.