|

काठमाडौँ : नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान संसद्‍ रहुञ्जेलसम्म सरकार कायम रहने बताएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहँदासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार कायम रहने बताए।

उनले अहिलेको संसद्‍का लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको बताए। 

उनले अर्को कुनै सरकार बनाउने कोसिस नहुने पनि बताए। सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै उनले सरकारलाई आगामी चार वर्षसम्म अगाडि बढाउने दायित्व एमालेकै भएको बताए। 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समीकरणलाई अविश्वासतिर नधकेल्ने पनि उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.