|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) करिब २८ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अंकले ओरालो लागेर २ हजार ८० दशमलव ८७ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ८३ अंकले ओरालो लागेर ३६९ दशमलव ८१ मा सीमित भएको छ। आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

कूल १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ मूल्यमा कारोबार भएको छ। 

कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ। सो कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ रुपैयाँ बराबरको कारोबार भयो। 

शिवम् सिमेन्ट २४ करोड ४ लाख ५० हजार ५२९ रुपैयाँ, सोनापुर सिमेन्ट १६ करोड २४ लाख ३४ हजार ८५० रुपैयाँ, गुर्खाज फाइनान्स १२ करोड ७६ लाख ६५ हजार ६८९ रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स ९ करोड ८४ लाख १२ हजार ७१८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

गुराँस लघुवित्त ९ दशमलव ९२, गुर्खाज फाइनान्स ८ दशमलव शून्य ८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ७१ प्रतिशतले कमाएका छन्।

स्वाभिमान लघुवित्त ६ दशमलव शून्य दुई, जाल्पा सामुदायिक लघुवित्त ५ दशमलव ६६, देउराली लघुवित्त ५ दशमलव ३१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ५ दशमलव २० र एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.