|

काठमाडौं : चीनले नेपाली नागरिकलाई आगामी मे १ देखि भिसा निःशुल्क प्रदान गर्ने भएको छ। नेपालस्थित चिनियाँ दूतावासले आइतबार एक सूचना जारी गर्दै दुई देशबीचको मित्रतालाई बढावा दिँदै सेवासुविधा एवं काम गर्ने कामदारहरूको आदानप्रदानलाई थप सहज बनाउन आगामी मे १, २०२४ देखि नेपाली नागरिकसँग नियमितितर्फको भिसा शुल्क नलिने जनाएको छ। एक्सप्रेस शुल्क र सेवा शुल्क भने लाग्नेछ।

नेपाल आउने चिनीयाँ नागरिकका लागि भने नेपाल आउन पहिलेदेखि नै भिसा शुल्क लाग्दैन। मे १ अगाडि स्वीकृत भिसा आवेदनहरूको हकमा भने अघिल्लो मानकअनुसार शुल्क लाग्नेछ। 

दूतावासले स्ट्यान्डर्ड भिसातर्फ एक्सप्रेस–टू को लागि २ हजार ७ सय र एक्सप्रेस–वान् को लागि ४ हजार रुपैयाँ लाग्ने जनाएको छ। यस्तैगरी ग्रुप भिसामा एक्सप्रेस–टू  का लागि १ हजार ३५० र एक्सप्रेस–वान् का लागि २ हजार रुपैयाँ तिर्नुपर्नेछ। कूटनीतिक भिसा, आधिकारिक भिसा र शिष्टाचार भिसा आवेदनहरूको लागि इमेलमार्फत दूतावासमा सम्पर्क गर्न भनेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.