|

काठमाडौं : महालक्ष्मी विकास बैंकले स्व.हिरा गिरी जेहेन्दार छात्रवृत्ति पर्साको वीरगञ्ज श्रीपुरस्थित ​कादमबरी एकेडेमीमा अध्यनरत छात्र जीवन राजवंशीलाई प्रदान गरेको छ। ​

५० हजार रुपैयाँ राशिको छात्रवृत्ति बैंकको सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष श्री भावरलाल पारिकमार्फत राजवंशीलाई हस्तान्तरण गरे।

कार्यक्रममा रुङ्गटाले विद्यार्थी भविष्यका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए। आमाको माया छात्रावासका अध्यक्ष पारिकले यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने भन्दै बैंकप्रति कृतज्ञता जाहेर गरे।  

बैंकको महत्त्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापना भएको यो छात्रवृत्ति आर्थिक स्थिति कमजोर तर अध्ययनमा उत्कृष्ट भएका विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिन्छ।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्य थप प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.