|

काठमाडौँ : सुन प्रकरणमा गल्ती गर्ने नेपाल प्रहरीका एकजना एसपी र दुईजना डीएसपी प्रहरी मुख्यालय तानिएका छन्। उनीहरूलाई आजै प्रहरी मुख्यालय तानिएको प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले थाहाखबरलाई जानकारी दिए।

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेपछि एसपी सञ्जयसिंह थापा तथा डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो। समितिको प्रतिवेदनले एसपी थापा‚ डीएसपी कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले बिहीवार बुझाएको प्रतिवेदनमा सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै ब्यूरो प्रमुख किरण बज्राचार्यसहितका अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको थियो।

साेही आधारमा आजै सरकारले बज्राचार्यलाई हटाएर उनकाे ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाएको छ। बज्राचार्यलाई पनि हेडक्वाटरको कार्य विभागमा पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.