|

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रवारको कांग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नुपरेको पीडाका रुपमा चित्रण गरेका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्। उनले कांग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको भन्दै ब्यंग्य गरे। उनले कांग्रेस पानी बिनाको माछाझैँ छटपटाइरहेको बताए। 

उनले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रिया अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे। उनले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याउन सक्नुपर्ने बताए।

‘नेपाली कांग्रेस सरकार छोड्दाको पीडा एक हप्तासमेत पनि सहन नसक्ने यस किसिमको छटपटीमा कांग्रेस हुन्छ होला भन्ने लागेको थिएन। कांग्रेस पानी बिनाको माछाझैँ छटपटीजस्तो भएको छ‚’ उनले भने, ‘कांग्रेसले आजैदेखि संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रिया अघि बढ्न रोक्ने जे अवस्था सिर्जना गर्‍यो, यसले वास्तवमा लाज पनि लजाउने अवस्था भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.