|

जी-७ ले युक्रेनमा प्रयोग गर्न रुसलाई ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरे इरानमाथि ‘महत्त्वपूर्ण’ प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। 

‘युक्रेनविरुद्ध रुसलाई गैरकानूनी र अनुचित आक्रामक युद्ध सामग्री सहयोग प्रदान गर्न तुरुन्त बन्द गर्न वा गम्भीर मूल्य चुकाउन तेस्रो पक्षहरूलाई हाम्रो आह्वान दोहोर्‍याउँछौँ’, समूहले विज्ञप्तिमा भनेको छ, ‘रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा हामी इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण उपायसहित द्रुत र समन्वितरूपमा जवाफ दिन तयार छौँ।’ समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानाडा छन् । 

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले इरानले रुसलाई ब्यालेस्टिक मिसाइल बिक्री गर्ने निर्णय गरे त्यसको मूल्य लाभभन्दा अत्यधिक हुने बताए। ‘हस्तान्तरण भएको छैन तर हस्तान्तरण हुनसक्ने वास्तविक खतरा छ’, उनले भने। 

मस्कोको सेनाले मुलुकमा पूर्णस्तरको आक्रमणको दोस्रो वार्षिकोत्सव मनाएका बेला जी-७ ले जारी गरेको एक विज्ञप्तिमा युक्रेनमा रुसको युद्धका लागि चीन र इरानको समर्थनको निन्दा गरेको थियो। समूहले इरानसँग रुसी सेनालाई सहयोग बन्द गर्न आह्वान गर्दै चिनिया व्यवसायले हतियारका घटक र सैन्य उपकरण मस्कोमा हस्तान्तरण गरेकामा चिन्ता व्यक्त गरेको छ। 

किएभलाई सैन्य सहयोगका लागि अमेरिकी कांग्रेसमा थप रकम रोकिएपछि युक्रेनी सेनाले हतियार अभावको सामना गर्नुपरेको छ। मस्कोले युक्रेनमा प्रयोग गर्नका लागि हतियार प्राप्त गर्न तेहरानका साथै प्योङयाङतिर पनि दृष्टि दिएको छ। रुसले समेत आफ्नो घरेलु हतियारको उत्पादनलाई व्यापकरूपमा बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.