|

गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ। शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ। 

अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन्। 

इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दाबी गरेको छ । शरणार्थी शिविरमा खाद्यान्न लगायत सहयोग गरिरहेका व्यक्तिहरूले यसरी खानाको लाइनमा रहने व्यक्तिमाथि दैनिक आक्रमण भइरहेको बताएका छन्।

इजरायली आक्रमणबाट गाजामा हालसम्म ३० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.