|

काठमाडौँ : मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

सहकारीको आयमूलक तालिमको नाममा अनियमितता गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले झालाई ६ महिना कैद तथा ३ लाख ३२ हजार ५ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।

अदालतले झाबाट बिगोअनुसार ३ लाख ३२ हजार ५ सय रुपैयाँ असुल गर्न आदेश दिएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।

झाले आर्थिक वर्ष २०७८।०७९ मा मधेश प्रदेशका ८ वटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्नका लागि लिएको पेश्की रकम फर्स्योट तथा बाँकी खर्च रकम शोधभर्नाका लागि नक्कली बिल भरपाई तयार गरेर रकम हिनामिना गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

नक्कली बिल भरपाई बनाउन सहयोग गरेको आरोप लगाउँदै मतियारको रूपमा अख्तियारले प्रतिवादी बनाएको नैंशी जनरल अर्डर सप्लायर्सका सञ्चालक अरहुला कुमारीलाई भने अदालतले सफाइ दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.