महरालाई सिआइबी कार्यालय पुर्‍याइयो

|

काठमाडौं : सुन तस्करी प्रकरणमा रुपन्देहीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानबाट काठमाडौं ल्याइएको छ। उनलाई काठमाडौंमा प्रहरीको सिआइवी कार्यालयमा पुर्‍याइएको हो।

उनलाई काठमाडौं ल्याउने क्रममा उनले माक्स र क्याप केही लगाएका थिएनन् बरु चस्मा लगाएर निहुरिएर हिँडेको अवस्था देख्न सकिन्थ्यो। प्राय नेताहरू पक्राउ परेका अवस्थामा उनीहरूको फेस र अवस्थाबारे पनि आम चासो रहन्छ। तत्कालीन भुटानी शरणार्थी काण्डमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीले अग्लो गरी हात उठाएर अभिवादन गरेको  र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले अनुहार नदेखिने गरी क्याप लगाएको विषयले समेत चर्चा पाएको थियो।

महरा  आज बिहान रुपन्देहीबाट पक्राउ परेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाइएको जानकारी दिए।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ। हिजो मात्र , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका एआइजी श्यामलाल ज्ञवालीले सुन तस्करी प्रकरणको पुरक अनुसन्धान गर्ने जनाएका थिए।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट ९भेप० ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो। तर सीआईबी उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.