|

काठमाडौँ : सुन प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई ४ दिनको म्याद दिइएको छ। 

काठमाडौँ जिल्ला अदालतमा आज पेश गरिएका महरामाथि अनुसन्धान गर्न अदालतबाट ४ दिनको म्याद प्राप्त भएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले थाहाखबरलाई जानकारी दिए। 

विहान महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको थियो। 

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीका आरोपीहरुसँग उनको नाम जोडिएको छ। 

आयोगले उनीमाथि कारबाही गर्न सिफारिस गरेकाले पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। पहिले भने उनलाई बयान कागज मात्रै गराएर छाडिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.