|

बागलुङ : बागलुङको निसीखोलामा आज (सोमवार) साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो।

बस मध्यपहाडी लोकमार्गबाट १५० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। 

घटनामा घाइतेको उद्धार भइरहेको छ। घाइतेको अवस्था सिकिस्त रहेको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए। घटनाको थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.