|
फाइल तस्वीर

काठमाडौँ : आयरल्याण्डसंगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ‘ए’ को प्रारम्भिक टोलीको घोषणा गरेको छ।

क्यानले आज (सोमवार) आयरल्यान्ड ‘ए’ विरूद्धको सिरिजका लागि अधिकांश युवा खेलाडीलाई खेल्ने अवसर दिँदै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा सिनियर टिमबाट खेलिसकेका खेलाडीहरुलाई पनि समेटिएको छ। यू-१९ टोलीबाट र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु समेटेर क्यानले प्रारम्भिक टोली बनाएको छ।

टोलीमा भीम सार्की, देव खनाल, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी र पवन सर्राफसहितका खेलाडीहरु रहेका छन्।

नेपाल ‘ए’ र आयरल्यान्डबीच ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० सिरिज हुनेछ।

चैत १२ देखि २५ गतेसम्म नेपालले एकदिवसीय र टी–२० सिरिज खेल्ने तालिका छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.