|

काठमाडौँ : सरकारले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई सरुवा गरेको छ। 

गृह मन्त्रालयले सहसिचव निरौलालाई आज अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा गर्ने निर्णय गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ६ गते अध्यागमन विभागका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध मुद्दा दायर गरेपछि विभाग महानिर्देशकविहीन थियो। 

त्यस्तै त्रिभुवन विमास्थल अध्यागमन कार्यालय प्रमुखका रुपमा नरबहादुर थापालाई सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

यसअघि त्रिभुवन विमास्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल थिए। उनलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। 

आज गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको पनि सरुवा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.