|
फाइल तस्वीर

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ विरुद्ध र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज (बुधवार) नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको  घोषणा गरेको हो। 

तीव्र गतिका बलर आकाश चन्द यसपटक राष्ट्रिय टोलीमा परेका छन्। उनीसमेत गरेर नेपाली टोलीमा ५ जना तीव्र गतिका बलर परेका छन्।

राष्ट्रिय टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, प्रतिश जिसी, अविनाश बोहरा र आकाश चन्द छन्। 

नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते (मार्च २४ र २५ तारिख) टी–२०  खेल्नेछ। 

त्यसपछि नेपाली टोली भारत जानेछ। त्यहाँ नेपाल, बरोडा र गुजरात क्रिकेट संघको टोलीबीच चैत १८ गतेदेखि चैत २५ गते (मार्च ३१ देखि अप्रिल ७) सम्म एसएमएस फ्रेन्डसिप कप हुनेछ। 

भारतमा नेपालले पहिलो खेल यही चैत १८ गते (मार्च ३१) गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते (अप्रिल २) बरोडासँग खेल्नेछ। 

नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते (अप्रिल ३) गुजरातसँग खेल्नेछ। सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते (अप्रिल ५) बरोडासँग खेल्नेछ। 

लिग चरणमा प्रत्येक टोलीले अर्को टोलीसँग २ खेल खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल भने चैत २५ गते (अप्रिल ७) हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.