|

श्रीलंकन स्पिनर वानिन्दु हसरंगालाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ।

बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा आईसीसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो।

भर्खरमात्र संन्यासबाट फर्किएर टेस्ट क्रिकेटमा फर्किएका आईसीसीको कारबाहीपछि उनले बंगलादेशविरुद्धको शृंखला  गुमाउने भएका छन्।

बंगलादेशविरुद्धको अन्तिम खेलको इनिङ्समा ३७औँ ओभरमा हसरंगाले अम्पायरको क्याप खोसेका थिए। त्यसको कारबाहीस्वरुप हसरंगाको म्याच फिको ५० प्रतिशत कटौती गरिएको छ।

म्याच फि कटौतीसँगै उनले ३ डिमेरिट अंक पनि पाएका छन्। २ वर्षमा उनको कूल डिमेरिट अंक ८ भएको छ।

हसरंगाले सन् २०२३ अगस्टमा टेस्ट क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए। उनले खेलेका ४ टेस्टमा ४ विकेट  लिएका छन्।

आईसीसीको नियमअनुसार ४ डिमेरिट अंक पाएपछि त्यो खेलाडीले दुई टेस्ट वा ४ अन्तरराष्ट्रिय एकदिवसीय अथवा ४ अन्तरराष्ट्रिय टी-२० खेल पाउँदैन। यसै नियमअनुसार हसरंगाले बंगलादेशविरुद्धको टेस्ट शृंखला गुमाउने भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.