|

काठमाडौं : फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ। 

यसअघि नेपालले बहराइनसँगको होम खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो। 

तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवे दुवै खेल  बहराइनमा खेल्ने भएको हो। खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुने।

नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ। समूहमा नेपाल, बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स युएई छन्। नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।

बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो।

मलेसिया एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.