|

काठमाडौँ : सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन शुरु गरेको छ।

आज (बिहीवार) सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन शुरु गरेको।

यसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइएको छ। 

एचपीभीका जीवाणुका २ सयभन्दा बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ। 

दोस्रो मात्राको खोप अभियानमा चैत ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी, कर्णाली र मधेश गरी एकै दिन ४ प्रदेशमा खोप लगाइएको थियो।

चैत ८ गते आज बागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदै छ। एचपिभी खोप ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट यो खोप दिन शुरू गरिएको हो। 

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई लगाइने एचपीभी खोपको पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ गतेदेखि खोप दिन थालिएको छ। 

भेरी अस्पतालमा चैत ६, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा चैत ८ र डडेलधुरा अस्पतालमा चैत १५ बाट एचपीभीको दोस्रो मात्रा दिइनेछ।

गएको भदौमा डेमोन्स्ट्रेशन कार्यक्रमका रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा दिन लागिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.