|

पर्वत : सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका र गण्डकी मेडिकल कलेजबीच स्वास्थ्योपचारमा छुटसम्बन्धी सम्झौता भएको छ।

कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा र गण्डकी मेडिकल कलेज नयाँ बजार पोखराका प्रमुख डा रवीन्द्रप्रसाद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार गण्डकी प्रदेशमा कार्यरत सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेशभित्र बसोबास गर्ने अवकाश प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीका आश्रित परिवारजनलाई विभिन्न स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ।

सम्झौताअनुसार गण्डकी प्रदेशमा कार्यरत सशस्त्र प्रहरीका सकल दर्जा र उनीहरूका परिवारका सदस्य तथा अवकाश प्राप्त र उनीहरूका परिवारले गण्डकी मेडिकल कलेजमा उपचार गर्दा १५ देखि शतप्रतिशतसम्म छुट पाउने भएका छन्।

यस सम्बन्धमा बुधवार सम्झौता भएको र सम्झौता बुधवारदेखि नै कार्यान्वयनमा आएको कालिका गणले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.