|

काठमाडौँ : शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सकिने बताएका छन्।

शुक्रवार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा उनले सो दावी गरेका हुन्। मन्त्री बुढाले काठमाडौँ उपत्यकालगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण सकेर सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत बताए। 

उनले नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको पनि प्रशंशा गरे।

‘काठमाडौँ उपत्यकाका ३ वटै जिल्लालगायत सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, सोलुखुम्बुलगायतमा २८ वटा सम्पदामध्ये ३ वटा सम्पन्न भई सम्बन्धित निकायमा हस्तान्तण गरिसकिएको छ। बाँकी सम्पदा अधिकांश चालु आवमा सम्पन्न हुनेछन्‚’ मन्त्री बुढाले भने, ‘सम्पदा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएकोमा भारत सरकारप्रति शहरी विकास मन्त्रालय र स्वयं मेरोतर्फबाट समेत आभार व्यक्त गर्न चाहन्छु।’

मन्त्री बुढाले समयमै बजेट व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको पनि स्पष्ट पारे। भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याटबाहेक १४ करोड ५९ लाख रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.