|

काठमाडौँ : युरोपका विभिन्न देशमा पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याए बन्धक बनाइएको पाइएको छ। उक्त आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे रहेका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

बंगलादेशी नागरिकहरूलाई रोजगारीका लागि युरोपका विभिन्न देशमा पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचना आएपछि प्रहरी पुगेको थियो। त्यहाँबाट गएराति ४ जनाको उद्धार गरिएको हो।

उनीहरूलाई यही चैत ५ गते बंगलादेशबाट काठमाडौँ ल्याएर बन्धक बनाइएको पाइएको छ।

उनीहरूले नेपाल ल्याएर पासपोर्ट नियन्त्रणमा लिएका,  कुटपिट गरी रकम असुल गरेका पाइएको छ। उनीहरूलाई थप कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.