|

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ।

शनिबार कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ। 

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.