|

काठमाडौँ : १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन आज जनकपुरधाम फर्किएका छन्। १४ औं दिन भारतको बिसौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो। यात्रीहरू अहिले जनकपुरधाम फर्किने क्रम जारी छ।

जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्छन्। फाल्गुन औंशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्य मठमन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत् शुरु भएको थियो।

फागु पूर्णिमाको दिन पुनः आज जनकपुरधाम फर्किरहेका परिक्रमा यात्री भोलि सोमवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमाननगर, बिहारको कलनास्थित कल्याणेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, बिसौल र जनकपुरधामसहित १३३ किलोमिटर भू–भागको पद यात्रा गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.