निशा गुरुङ
हेटौंडा : आज फागुन शुक्ल पूर्णिमा अर्थात् रङको पर्व होली मनाइँदै छ। आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै छ। तराईका जिल्लामा भने सोमबार मात्रै होली मनाइन्छ।
प्रेम र स्नेहको चाड होलीको अवसरमा हेटौंडा तथा तथा आसपासका प्रायः हरेक चोक तथा भित्री क्षेत्रका मुख्य मुख्य स्थानमा भेला भएर रङ दलेर पर्व मनाइरहेका छन्।
हेटौंडा–४ स्थित स्कुलरोड, सीमाचोक, हेटौंडा–२ स्थित मानसचोक लगायत अन्य ठाउँमा कन्सर्ट आयोजना गरी होली पर्व मनाइरहेका छन्।
यसैगरी नेवार समुदायले पनि आफ्नै परम्परा अनुसार बाजागाजा र र्यालीसहित होली पर्व मनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।