इलाम : नेकपा माओवादी केन्द्र इलामले आगामी वैशाख १५ गते हुने संघीय उपनिर्वाचनमा ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
माओवादी केन्द्र जिल्ला समितिले केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम प्रदेश समितिमा सिफारिस गरेको हो। उपनिर्वाचनका लागि हालसम्म एमालेले उम्मेदवार घोषणा गरेको छ।
त्यसैगरी पहिचानवादीहरूको साझा उम्मेदवारको रूपमा डकेन्द्र सिंह थेगिम, सीके राउतको राष्ट्रिय जनमत पार्टीबाट प्रेमदीप थाम्सुहाङ र स्वतन्त्र रूपमा मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन्। स्वतन्त्रको रूपमा उम्मेदवारी दिए पनि लिम्बु राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने चर्चा छ।
त्यसैगरी नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाले उम्मेदवार सिफारिस गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।