|
सांकेतिक तस्विर

झापा : जिल्लामा जङ्गली हात्तीको आक्रमण व्यहोरेका पीडितले सहयोग नपाएको गुनासो गरेका छन्। चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका ५३३ परिवारले राहत नपाएका हुन्। 

डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ। पाँचजना मृतक परिवारसहित ५३३ घरपरिवारका लागि  एक रोड २६ लाख ४९ हजार ३९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरेकोकार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन्।

कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको उनले जानकारी दिइन्।  ‘राहत रकमका विषयमा फोन आइरहन्छ’, उनले भनिन्,‘पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ।’

गत कात्तिक २ गतेसम्म ३२१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार ९४० राहत रकम माग गरिएको थियो। यस्तै गत माघ २९ गते थप २१२ जनाका लागि ६८ लाख २० हजार ४५२ माग गरिएको थियो । 

पाँचजना मृतकको परिवारका लागि  ५० लाख माग गरिएको छ। सात घाइतेका लागि आठ लाख ५१ हजार आठ सय ९२, घरगोठमा पुर्‍याएको क्षतिको पूर्तिका लागि २५ लाख ४९ हजार ७००, अन्नको क्षति बराबर ६ लाख ८९ हजार ६०० र बालीनालीमा पुगेको क्षति बराबर ३५ लाख ४८ हजार २०० रुपैयाँ माग गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.