|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो।

आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार २४९ पटक खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह १ दशमलव ७२ र व्यापार समूह १ दशमलव ६० प्रतिशतले घटेको छ।

आजको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २ लाख ३० हजार १८२ बराबरको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.