|

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।

विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।

दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट  कामदार पठाउने गरिएको थियो।

विभागले इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति, संस्था तथा समूहले गैरकानूनी रूपमा रकम उठाउने गरेको सूचना प्राप्त भएको भन्दैले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुनसक्ने ठगीबाट बच्न सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.