|

काठमाडौँ : नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदर दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको हो। शुक्रवार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्यांक प्रस्तुत गर्दै केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको बताए।

उनले दैनिक ६५ वटा सवारी दुर्घटना हुने गरेको र ८३ जना घाइते हुने गरेको तथ्यांक प्रस्तुत गरे। उनले नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारीसाधन दर्ता भएका र ट्राफिक प्रहरीको संख्या २ हजार ७७० जना रहेको उल्लेख गर्दै एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारीसाधन हेर्नुपर्ने अवस्था रहेको बताए।

विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवानाबापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजस्व उठाएको जानकारी दिए।

उनले भने, ‘सडकको डेटा हेर्दाखेरी नेपालमा ७७ हजार ३०२.६८ किलोमिटर सडक देखिन्छ। ६२ लाख ३८ हजार ३०१ सवारीसाधन दर्ता भएका छन्। ट्राफिक प्रहरी जम्मा २ हजार ७७० जना छन्। अनुपातमा एउटा ट्राफिकले जम्मा २ हजार २५२ सवारीसाधन हेर्नुपर्ने देखिन्छ। त्यसैगरी एक दिनभित्र ६५ वटा दुर्घटना हुन्छन् र ८३ जना घाइते हुन्छन्। सवारी दुर्घटनाबाट एक दिनमा ७ जनाको मृत्यु भएको देखिन्छ। हाम्रो ट्राफिक प्रहरीको सीमित जनशक्तिले पनि जम्मा २४ लाख ३१ हजार ५९३ लाई कारबाही गरिएको छ भने जरिवाना गरेर १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजस्व उठाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.