|

काठमाडौं : नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्। 

दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन्। उनले अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको बताएका छन्।

‘नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरूप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानूनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकार र सम्बन्धित निकायलाई महासंघले पटकपटक आग्रह गर्दै आएको छ’,उनले भनेका छन् तथापि नयाँ कानुन निर्माण र बनेका कानूनहरूको सही ढंगले कार्यान्वयनका सन्दर्भमा चाहेचस्तो उपलब्धि देखिएको छैन।’ उनले प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्नेगरी सञ्चारसम्बन्धी कानून निर्माणको प्रकृया अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

२०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो। २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.