|

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटरब्याज लगायतका ऋणहरु मिनाहा गरिदिने घोषणा गरेकी छन्।

वडा स्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याज लगायतका ऋणहरु मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिइन्।

पछाडि परेका महिलाहरुलाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट सो कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ थियो। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि स्मरण गराइन्।

मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको पनि बताइन्।

उनले भनिन्, ‘अब महिलाहरु त आयो आयो। अति विपन्न महिलाहरुको लागि चाहीँ वडास्तरबाटै मिटरब्याजी लगायतका कुराहरु आउँछन्। ती ऋणहरु मिनाहा गरिदिने कुराहरु आउँछन्। राज्यले नै त्यस्ता कुराहरु ग¥यो भने महिलाहरु अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु।’

मन्त्री चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.