काठमाडौँ : नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा आज पाहुना टोली आयरल्याण्ड ए ले नेपाल ए सामु जितका लागि २२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा तानिएको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो।
आयरल्याण्ड ए का लागि पिटर मुरले सर्वाधिक ४९ रनको योगदान गरे। कप्तान नील रक र केड कार्माइकलले ३८/३८ तथा स्टिफन डोहनीले ३४ रन जोड्दा गारेथ डेलानीले अविजित ३० रन जोडे।
नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले १/१ विकेट लिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।