काठमाडौं : टी-२० श्रृङ्खला अन्तर्गत शनिबार नेपाल ‘ए’ले आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो दिउँसो १ बजे शुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको शतकीय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो ।
जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ शतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । जितसँगै आयरल्याण्ड उल्भ्सले सिरिजमा १-० को अग्रता बनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।