|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बागमती प्रदेश  एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेको हो।

थपलियालाई मुख्यमन्त्री जम्मकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको एमाले सचेतक मधुसुदन पौडेलले जानकारी दिए।

थपलियाले पद तथा गोपनीयताको शपश आजै  साँझ ६ बजे प्रदेश प्रमुख कार्यालयमा हुने पौडेलले बताए।

थपलिया दोस्रोपटक मन्त्री बन्न लागेका हुन्। २०७९ पुस २६ मा मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए। सत्ता गठबन्धन फेदबदल भएसँगै १० चैतमा राजीनामा दिएका थिए । सचेतक पौडेलका अनुसार आज नेता थपलिया मात्रै मन्त्री नियुक्त हुने र १९ चैतमा मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार हुनेछ। एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ। रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन्।

१२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय, नेकपा (एकीकृत समाजवादी)ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.