|

काठमाडौँ : अनलाइन चिठ्ठा र अनलाइन सपिङ जस्ता बहानामा ठगी गर्ने गिरोहका तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

विभिन्न प्रलोभनमा नेपाली र विदेशीलाई समेत ठगी गर्ने गिरोहका तीनजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हिजो वीरगञ्जबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चिनियाँ नागरिकहरू ३३ वर्षीय लिउ कुइ चाइ, २६ वर्षीय वाङ वोहान र ३६ वर्षीय छियाङ छ्याओ रहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले थाहा खबरलाई जानकारी दिए।

थापाका अनुसार उनीहरू वीरगञ्ज-१५ का नन्दु पटेलको घरमा कार्यालय खोलेर बसेका थिए।

उक्त कार्यालयबाट डेक्सटप कम्प्युटर १२० सेट, ३५ वटा मोबाइल, १३ थान भारतीय जिओ सिमकार्ड, मलेशियन ३७ रिंगेट, कम्बोडियन नगद ३ हजार ५ सय र ४३ हजार रुपैयाँ लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.